जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पायो : बालेन शाह

जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पायो : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले जेनजी पुस्तालाई बधाई दिएका छन्। उनले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन्। 

सुशीला कार्की अन्तरिम सरकारको प्रमुख भएपछि मेयर शाहले जेनजीको योगदान अमूल्य रहेको बताए। उनले देशको हालको आन्दोलनमा ज्यान गुमाएका जेनजी पुस्ताका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

“तपाईहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ,” उनले फेसबुकमा लेखेका छन्।

उनले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्। प्रधानमन्त्रीको शपथ कार्यक्रममा नदेखिएका शाहले फेसबुकबाट जेनजीलाई बधाई दिएपनि नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भने बधाई दिएनन्। 

 

भदौ २७, २०८२ शुक्रबार २२:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।