६ महिनाभित्रै प्रतिनिधिसभा निर्वाचन हुने

काठमाडौं : संवैधानिक प्रतिवन्धात्मक व्यवस्था अनुसार अबको ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनामा निर्वाचन गर्नेगरि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मुलुकमा उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्ने र युवा पुस्ताले प्रकट गरेको आकांक्षा पूरा गर्ने उद्देश्यले राजनीतिक दल र सरोकारवालासँग परामर्श गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको जनाएको छ।
शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी छन्।
भदौ २७, २०८२ शुक्रबार २२:३६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।