सुशीलालाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने "तपाई सफल हुनुस्, देश सफल होस्"

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै देश पनि सफल बनाउन शुभकामना दिए। शीतल निवासको भित्री कोठामा सीमित अतिथीकाबीचमा भएको शपथ समारोह सकिएपछि पौडेलले बधाई दिँदै भने "बधाई छ तपाईँलाई। सफल हुनुस्, देश पनि सफल होस्।"
राष्ट्रपति पौडेलले उनलाई संविधानप्रति बफादार रहने गरी प्रधानमन्त्रीको शपथ गराएका थिए। शपथ समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई मात्रै देखिए। कार्यक्रममा चीन र भारतका राजदूत समेत सहभागी थिए। तर समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह देखिएनन्। सुदन गुरुङ भने देखिएका थिए।
भदौ २७, २०८२ शुक्रबार २१:५४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।