'संसद् विघटनलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला गर्नेहरू नै संसद् विघटनतर्फ लाग्नु विडम्बनापूर्ण​​​​​​​'

'संसद् विघटनलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला गर्नेहरू नै संसद् विघटनतर्फ लाग्नु विडम्बनापूर्ण​​​​​​​'

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटन हुनु ‘विडम्बनापूर्ण’ भन्दै आलोचना गरेका छन्।

शुक्रबार प्रतिक्रिया जनाउँदै पोखरेलले विगतमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू नै अहिले विघटनतर्फ अग्रसर हुनु ठूलो विरोधाभास भएको बताए।

“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला गर्नेहरू अहिले स्वयं विघटनतर्फ लाग्नु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौं,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

भदौ २७, २०८२ शुक्रबार २१:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।