शीतल निवासको भित्री कोठामा सुशीलाको शपथ, थोरै मात्र प्रतिनिधि

शीतल निवासको भित्री कोठामा सुशीलाको शपथ, थोरै मात्र प्रतिनिधि

काठमाडौँ : स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनमा सहमति जुटेसँगै सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भइन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको भित्री कोठामा शपथ खुवाउँदै छन्। शपथ ग्रहण कार्यक्रममा थोरै मात्र अतिथिहरू उपस्थित छन्। सामान्य कार्यक्रमकाबीच सुशीलाको शपथ खुवाउँदै छन्।

समारोहस्थलमा पूर्व प्रधानमन्त्रीको रूपमा डा बाबुराम भट्टराई उपस्थित छन्। उपराष्ट्रपति, प्रतिनिधि सभाका अध्यक्ष, राष्ट्रिय सभाका अध्यक्ष लगायतका अतिथिहरू शीतल निवासमा पुगिसकेका छन्। प्रधानमन्त्रीको शपथका लागि शीतल निवासलाई सेनाले आफ्नो सुरक्षा घेरामा लिएको छ। सेना शीतल निवासको सडकमा उत्रिएको छ। सडकमा निजी सवारी साधनको आवागमन रोकिएको छ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न बिहीबार बेलुका नै सहमति जुटेको थियो। तर शुक्रवार उनले पुन संसद् विघटनको सर्त राखेपछि दिनभरको छलफलमा सहमति जुटेपछि शीतल निवासमा अहिले उनको शपथ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीको शपथ खुवाउँदै छन्।

भदौ २७, २०८२ शुक्रबार २१:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।