माफी माग्दै पूर्वमन्त्री पौडेलले भने- दोषी देखिए कारबाही भोग्न तयार छु, नयाँ सरकारलाई सहयोग गर्नेछु

माफी माग्दै पूर्वमन्त्री पौडेलले भने- दोषी देखिए कारबाही भोग्न तयार छु, नयाँ सरकारलाई सहयोग गर्नेछु

काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ सरकारलाई पूर्णरुपमा सहयोग गर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलले सोमबारको सरकारी आक्रमण ‘निर्मम’ भएको स्वीकार गर्दै आफू दोषी ठहरिए कारबाही भोग्न तयार रहेको स्पष्ट पारेका छन्। उनले भने, ‘त्यो दिनको सरकारी आक्रमण निर्मम थियो, दोषी देखिए कारबाही भोग्न तयार छु। जेनजीबाट यो घटना घटेको होइन। त्यहाँ घुसपैठ भएको हो। सबै घटनाको निष्पक्ष छानबिन हुनुपर्छ।’

पौडेलले आगामी छानबिन नागरिक अगुवाको नेतृत्वमा हुनुपर्ने भन्दै २०४६ सालयता राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा जिम्मेवारी सम्हालेकाहरूको समेत छानबिन गर्नुपर्ने सुझाव दिएका छन्। साथै, विदेशमा गएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उनको धारणा छ।

भदौ २७, २०८२ शुक्रबार २१:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।