सुशीलाको शपथका लागि शीतल निवास क्षेत्र सेनाको सुरक्षा घेरामा, जेनजी र सेनाको प्रतिनिधीले पनि मन्त्रीको शपथ लिने

काठमाडौँ : स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनमा सहमति जुटेसँगै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न शीतल निवासलाई सेनाले आफ्नो सुरक्षा घेरामा लिएको छ। सेना शीतल निवासको सडकमा उत्रिएको छ। सडकमा निजी सवारी साधनको आवागमन रोकिएको छ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न बिहीबार बेलुका नै सहमति जुटेको थियो। तर शुक्रवार उनले पुन संसद् विघटनको सर्त राखेपछि दिनभरको छलफलमा सहमति जुटेपछि शीतल निवासमा अहिले उनको शपथ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीको शपथ खुवाउँदै छन्।
कार्कीसँगै सरकारमा आन्दोलनमा उत्रिएको युवा समूह, नागरिक समाज र सेनाको प्रतिनिधीले समेत मन्त्रीमा नियुक्त हुँदैछन्। मन्त्रीको रुपमा बालानन्द शर्मा, कुलमान घिसिङ र ओमप्रकाश शर्माको नाममा छलफल भइरहेको छ।
भदौ २७, २०८२ शुक्रबार २१:२२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।