संसदको बलि चढाएर प्रधानमन्त्री बन्दै सुशिला , नौ बजे शपथ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज बेलुका ९ बजे पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ खुवाउने तयारी गरेका छन्।
कार्कीले संसद विघटनको माग गरेको तर राष्ट्रपति पौडेल राजी नभएपछि शुक्रवार विहान सपथ खुवाउने तयारी अगाडि बढ्न सकेको थिएन। बेलुका प्रमुख दलहरुसँगको सल्लाहपछि राष्ट्रपति संसद समेत विघटन गर्न राजी भए र कार्की प्रधानमन्त्री बन्न राजी भएको स्रोतको दाबी छ। तर पहिला शपथ कि पहिला संसद विघटन भन्ने विवाद भने अझैँ कायम रहेको स्रोतले बतायो।
भदौ २७, २०८२ शुक्रबार २०:००:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।