राष्ट्रपतिले अडान छाडेपछि शीतल निवासमा जुट्यो सहमति, संसद् विघटन पछि सुशीलाले शपथ लिने

राष्ट्रपतिले अडान छाडेपछि शीतल निवासमा जुट्यो सहमति, संसद् विघटन पछि सुशीलाले शपथ लिने

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख  बनाउने सहमति जुटेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेल ‘पहिले संसद् विघटन अनि नयाँ सरकार’ भन्ने अडानबाट पछि हटेपछि सहमति जुटेको हो। 

पौडेलले प्रमुख दलका नेताहरूसँगको छलफलमा अब प्रतिनिधिसभा विघटन गर्ने निर्णय तत्काल सार्वजनिक गर्ने र त्यसलगत्तै सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराउने तयारी भएको बताएका छन् ।

भदौ २७, २०८२ शुक्रबार १९:४१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।