प्रधानमन्त्रीका निरङ्कुश कदम रोक्न असफल कांग्रेस संसद विघटन रोक्न सडकमा

प्रधानमन्त्रीका निरङ्कुश कदम रोक्न असफल कांग्रेस संसद विघटन रोक्न सडकमा

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सत्तामै रहेर प्रधानमन्त्रीका निरङ्कुश कदम रोक्न असफल नेपाली कांग्रेस संसद विघटन रोक्न भन्दै सडकमा उत्रिएको छ।

‘लोकतन्त्र मास्न पाइँदैन’,‘संविधानको रक्षा गर’, ‘संसद विघटन गर्न पाइँदैन’ भन्दै कांग्रेसका नेता तथा कार्यकर्ताले आज काठमाडौंको गोंगबुदेखि सामाखुशीसम्म जुलुस निकालेका हुन्।

सबै समस्याको समाधान अहिलेकै संविधानमा खोजी गर्न पनि उनीहरूले माग गरेका छन्। कोणसभालाई नेता जगदीश्वरनरसिंह केसीले सम्बोधन गरेका थिए।

जेन-जी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावी सरकारको आवश्यकता देखिए पनि संसद विघटन गर्न नहुने नेता जगदिश्वर नरसिंह केसीले बताए।

‘जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतदेखि सिंहदरबार भवन जलाउनेजस्ता गतिविधि भए,’ उनले भने, ‘जेनजी आन्दोलनले मुलुकलाई ३० वर्ष पछाडि धकेलेको हो।’

उनले सभापति शेरबहादुर देउवालगायत नेता कार्यकर्तामाथि भएको आक्रमणका बेला कार्यकर्ता चुप लागेर बस्न नहुने पनि बताए।

नेता केसीले सुरक्षा निकायको कमजोरीका कारण सिंहदरबार, प्रतिनिधिसभा, शीतलनिवासलगायतका महत्वपूर्ण संरचनाहरू जलेर नष्ट हुन पुगेको आरोप लगाए।

भदौ २७, २०८२ शुक्रबार १५:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।