भाव विह्वल परिवारजनले बुझ्दैछन् जेनजी आन्दोलनका मृतकको शव (तस्विरहरू)

भाव विह्वल परिवारजनले बुझ्दैछन् जेनजी आन्दोलनका मृतकको शव (तस्विरहरू)
तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव हस्तान्तरण प्रक्रिया सुरु भएको छ। 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मृतकका शव परिवारलाई बुझाउन थालिएको हो। शुक्रबार बिहानदेखि नै परिवारजन र सुरक्षाकर्मीको उपस्थितिमा शव परीक्षण र हस्तान्तरणको काम अगाडि बढाइएको अस्पताल स्रोतले जनाएको छ।

आन्दोलनमा ज्यान गुमाएकाको शव व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले विशेष टोली परिचालन गरेको छ। महानगरले शव घरसम्म पुर्याउन शववाहन उपलब्ध गराउने, परिवारजनलाई आवश्यक यातायात र बसोबासको व्यवस्था गर्ने तयारी पनि गरेको छ।

शव हस्तान्तरणसँगै मृतक परिवारलाई सहजीकरणका लागि महानगरले छुट्टै सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

भदौ २७, २०८२ शुक्रबार १४:०१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।