जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव घरसम्म पुर्‍याउन महानगरले सहयोग गर्ने

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव घरसम्म पुर्‍याउन महानगरले सहयोग गर्ने

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनदेखि परिवारजनलाई सहजीकरण गर्न व्यवस्था मिलाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। 

महानगरका अनुसार निधन भएका व्यक्तिहरूको शव घरसम्म पुर्याउन शववहान उपलब्ध गराइनेछ। त्यस्तै, परिवारजनलाई काठमाडौं ल्याउन यातायात सुविधा र बस्ने व्यवस्था समेत महानगरले गर्ने भएको छ।

आन्दोलनमा घाइते भएकाहरूको उपचार र उपचारपछि घर फर्किने यातायात व्यवस्थापनका लागि समेत महानगरले विशेष टिम परिचालन गरेको छ।

महानगरले आवश्यक सहयोगका लागि जगदीश अर्याल- ९८५४०४५७०२, विज्ञान घिमिरे- ९८५११३३९११ र इश्वर वाग्ले- ९८४१२९७८६१ सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ। 

भदौ २७, २०८२ शुक्रबार १३:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।