घर र स्टोरबाट लुटिएका सामान फिर्ता हुँदै, टोल-टोलमा माइकिङ

काठमाडौं : प्रदर्शनको क्रममा भाटभटेनी लगायतका ठाउँबाट समान लिएर गएकाहरूले सामान फिर्ता गर्न थालेका छन्। एक समूह लुटिएको सामान सङ्कलनमा सक्रिय भएका छन्।
विभिन्न ठाउँमा रहेको भाटभटेनीबाट सामान लैजानेहरू आफै भाटभटेनिमा आएर सामान फिर्ता गर्दै माफी मागिरहेका छन्।
कतै संगठित रूपमा युवाहरू सक्रिय भएर लुटेका सामान सङ्कलन गरिरहेका छन्।
सोमबारबाट सुरु भएको आन्दोलन मंगलबार लुटपाटमा बदलिएपछि भाटभटेनीका अधिकांश स्टोर लुटेर आगो लगाइयो। नेता, व्यापारीको घरमा लुटपाट र आगजनी भयो।
सामाजिक सञ्जालमा सामान लग्दै गरेको भिडियो भाइरल भएपछि दबाबमा परेकाहरू मेरो इन्टेनशन त्यस्तो हैन भन्दै आफैँ सामान बोकेर भाटभटेनीमा फर्किन थालेका छन्।
घरबाट सामान बोकेर लगेकाहरूले समेत आफूसँग सामान सुरक्षित रहेको भन्दै सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गर्दै सामाजिक सञ्जालमा भिडियो राखिरहेका छन्।
केही समूह सामान चोरेर राखिएको सुकुम्वासी वस्तीमा गएर सामान सङ्कलन गरेर सेना र प्रहरीलाई बुझाइरहेका छन् भने केही टोलमा माइकिङ गर्दै कसैले सामान ल्याएको हो भने बुझाउन आग्रह गर्दै माइकिङ गरिरहेका छन्।
भदौ २७, २०८२ शुक्रबार १३:४६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।