प्रदर्शन र तोडफोडबाट भएको क्षतिको बीमा भुक्तानी छिटो गर्न प्राधिकरणको निर्देशन

प्रदर्शन र तोडफोडबाट भएको क्षतिको बीमा भुक्तानी छिटो गर्न प्राधिकरणको निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले हालै भएका प्रदर्शन र तोडफोडका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीलाई छिटो र सरल बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिलाई मध्यनजर गर्दै यस्तो निर्देशन जारी गरेको हो।

बीमितहरूलाई परेको मर्का कम गर्न दाबी प्रक्रियालाई सहज बनाउन निर्जीवन बीमा कम्पनीहरूलाई आग्रह गरिएको प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले जानकारी दिए।

यसका साथै, प्राधिकरणले असहज अवस्थाका कारण परेका बीमा दाबी र त्यसको भुक्तानीसम्बन्धी विवरण साप्ताहिक रूपमा उपलब्ध गराउनसमेत बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

भदौ २३ र २४ गते भएका प्रदर्शन र तोडफोडका घटनाबाट ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको थियो।

भदौ २७, २०८२ शुक्रबार ०७:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।