काठमाडौं उपत्यकामा भोलि पनि निषेधाज्ञा र कर्फ्यु

काठमाडौं उपत्यकामा भोलि पनि निषेधाज्ञा र कर्फ्यु

काठमाडौं : नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि निषेधाज्ञा र कर्फ्यु जारी रहने जनाएको छ।

सेनाको जङ्गी अड्डाबाट बुधबार जारी विज्ञप्तिअनुसार भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा रहनेछ। त्यसपछि साँझ ७ बजेदेखि रातभर कर्फ्यु लागू हुनेछ।

तर बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि नागरिकलाई हिँडडुल गर्न दिइने व्यवस्था गरिएको छ।

भदौ २६, २०८२ बिहीबार २१:१९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।