नख्खु कारागारबाट भागेर रातारात जनकपुर पुगेका सञ्जय टकला पक्राउ

काठमाडौं : नख्खु कारागारबाट भागेका सञ्जय साह उर्फ सञ्जल टकला पक्राउ परेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले काभ्रेबाट नियन्त्रणमा लिएको हो। टक्लालाई आवश्यक प्रक्रिया पूरा गरी फेरि कारागारमै पठाउने तयारी भइरहेको छ।
रवि लामिछानेलाई कारागारबाट निकालिएपछि केही समयमै टकलासहित अन्य कैदीहरू पनि भागेका थिए। उनी रातारात जनकपुर पुगेका थिए। जनकपुर पुगेर उनले आफूलाई जेनजीले हात समातेर कारागारबाट निकालेको बताएका थिए।
भदौ २६, २०८२ बिहीबार १६:४९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।