झापामा एक व्यक्तिको हत्या, अभियुक्तद्वारा आत्मसमर्पण

झापामा एक व्यक्तिको हत्या, अभियुक्तद्वारा आत्मसमर्पण

मेचीनगर : झापाको मेचीनगर नगरपालिकामा एक व्यक्तिको हत्या भएको छ।

मेचीनगर-७, गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन्।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, प्रारम्भिक अनुसन्धानमा ज्ञवालीले आफ्नी ३७ वर्षीया श्रीमती सुजतासँग मोहमदलाई घरमा आपत्तिजनक अवस्थामा भेटेपछि हत्या गरेको खुलेको छ।

मोहमदको घटनास्थलमै मृत्यु भएको थियो। हत्यापछि ज्ञवालीले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, काँकडभिट्टाको टोलीले ज्ञवालीकी श्रीमती सुजतालाई पनि नियन्त्रणमा लिएको छ।

भदौ २६, २०८२ बिहीबार ०९:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।