गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

कञ्चनपुर : ‘जेन जी’ आन्दोलनपछिको अवस्थालाई मध्यनजर गर्दै भारतीय पक्षले पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुदूरपश्चिमका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ।

कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराले नेपाली नागरिकलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको जानकारी दिए।

उनका अनुसार, हाल भारतबाट नेपाल फर्किने नेपाली नागरिकले अनिवार्य रूपमा नेपाली परिचयपत्र देखाउनुपर्नेछ भने भारततर्फ जानका लागि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ।

‘एसएसबीले नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ’, प्रवक्ता बोहराले भने।

सुरक्षा कडाइकै बीच, भारतीय एसएसबीले कारागारबाट फरार भई भारततर्फ जान लागेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ।

भदौ २६, २०८२ बिहीबार ०९:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।