काठमाडौंमा शुक्रबारसम्म थपियो निषेधाज्ञा र कर्फ्युको अवधि

काठमाडौंमा शुक्रबारसम्म थपियो निषेधाज्ञा र कर्फ्युको अवधि

काठमाडौं : नेपाली सेनाले सुरक्षा स्थिति संवेदनशील बनेको भन्दै काठमाडौं उपत्यकामा कर्फ्युको समय थप गरेको छ।

बुधबार जारी विज्ञप्तिमा सेनाले नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्नुपर्ने भएकाले अस्थायी रूपमा कर्फ्यु लागू गरिएको जनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उपत्यकामा निषेधाज्ञा रहनेछ। त्यसपछि बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ।

सेनाले निषेधाज्ञा र कर्फ्युको अवधिमा पनि अत्यावश्यक सेवासम्बन्धी सवारी साधन सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने गाडीलाई छुट दिइनेछ।

भदौ २५, २०८२ बुधबार २२:००:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।