जेनजी आन्दोलनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु

काठमाडौं : जेनजी आन्दोलनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले तीन जनाको मृत्यु भएको पुष्टि परे।
उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए।
हालसम्म आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ। अन्य ४०० बढी घाइते भएका थिए ।
यसैबीच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए।
ती मध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए।
भदौ २५, २०८२ बुधबार २०:२७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।