बिहिबार बिहान सम्पर्कमा आउन जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाको आह्वान

बिहिबार बिहान सम्पर्कमा आउन जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाको आह्वान

काठमाडौं : जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले बिहिबार बिहान सम्पर्कमा आउन आह्वान गरेको छ।

जंगीअड्डा बाहिर भेला भएका युवाहरूलाई सम्बोधन गर्दै सेनाका प्रतिनिधिले नेतृत्वकर्ता छानेर फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्न आग्रह गरेका हुन्। 

सरकार गठनको नेतृत्वका विषयमा सुशीला कार्कीको नाममा असहमति प्रकट गर्दै आज केही युवाहरूले जंगीअड्डा बाहिर नाराबाजी गरेका थिए। त्यसअघि प्रतिनिधिहरूबीच भएको छलफलमा बहुमत युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम नेतृत्वका लागि प्रस्ताव गरेका थिए। 

केही युवाहरूले भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र केहीले धरान उपमहानगरका मेयर हर्क साङपाङको पक्षमा नारा लगाएका थिए।

भदौ २५, २०८२ बुधबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।