सुशीलालाई सरकारको नेतृत्व दिन जेनजी तयार, जंगीअड्डा बाहिर युवाहरूको भीड

सुशीलालाई सरकारको नेतृत्व दिन जेनजी तयार, जंगीअड्डा बाहिर युवाहरूको भीड

काठमाडौं : जंगीअड्डामा बुधबार जेनजी प्रतिनिधि र नेपाली सेनाबीच भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ बनाउने प्रस्ताव अघि सारिएको छ।

जेनजी पक्षबाट आएको प्रस्ताव सेनाप्रमुख अशोकराज सिग्देललाई बुझाइएको छ। सेनाले कार्कीसँग औपचारिक संवाद गर्ने तयारी रहेको जनाएको छ। 

केही युवाहरू भने उक्त प्रस्तावको विपक्षमा देखिए। उनीहरूले काठमाडौं महानगरका मेयर बालेन शाह वा धरान उपमहानगरका मेयर हर्क साङपाङको नाम लिएका थिए।

अहिले जंगीअड्डा बाहिर युवाहरूको भीड लागेको छ। 

भदौ २५, २०८२ बुधबार १९:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।