भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी फरार

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी फरार

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी सुन्धारा केन्द्रीय कारागारबाट भागेका छन्।

३८ सय कैदीबन्दी रहेको यो कारागारबाट रायमाझीसहित करिब ३३ सय कैदीबन्दी फरार भएका छन्। 

केही फरार कैदीबन्दी भने कारागार फर्कन थालेको कारागार प्रशासनले जनाएको छ। अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्किसकेका छन्। तर रायमाझी भने सम्पर्कमा आएका छैनन्। 

कैदीबन्दीहरूले मंगलबार राति करिब १० बजे कारागारमा तोडफोड गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। 

भदौ २५, २०८२ बुधबार १६:१९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।