काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा

काठमाडौं : जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा आएको छ। विश्वका प्रमुख १० प्रदूषित सहरभित्र काठमाडौं दुई नम्बरमा परेको हो।
आन्दोलनका क्रममा अत्यधिक आगलागी भएको छ। मंगलबारको आगो कतिपय ठाउँमा बुधबारसम्म समेत पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ।
काठमाडौंको आकाश अहिले प्रदूषित वायुले ढाकिएको छ।
भदौ २५, २०८२ बुधबार १६:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।