संसद भवनमा आगजनीपछि प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित

संसद भवनमा आगजनीपछि प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

मंगलबार ‘जेन-जी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आगजनी भएपछि उत्पन्न ‘विशेष परिस्थितिका’ कारण बैठक स्थगित गरिएको हो।

संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम प्राप्त अधिकार प्रयोग गरी बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।

सूचनामा बैठक स्थगित हुनुको कारण ‘विशेष कारण’ उल्लेख गरिए पनि संसद भवनमै आगजनी भएर भौतिक संरचनामा पूर्ण क्षति पुगेको र राजनीतिक अवस्था परिवर्तनका कारण बैठक बस्ने अवस्था नरहेको स्पष्ट छ।

मंगलबारको प्रदर्शनका क्रममा प्रदर्शनकारीले संसद भवनमा प्रवेश गरी आगजनी गरेका थिए, जसका कारण भवन जलेर नष्ट भएको छ।

भदौ २५, २०८२ बुधबार १४:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।