आगोबाट बचेका सर्वोच्चका महत्वपूर्ण फाइल न्याय परिषद्को भवनमा सारिँदै

काठमाडौं : सर्वोच्च अदालतको भवनमा आगजनी भएपछि त्यहाँ रहेका महत्वपूर्ण फाइलहरू न्याय परिषद्को भवनमा सार्ने काम भइरहेको छ।
फाइल सार्ने कार्यमा अधिवक्ता, सर्वोच्च अदालतका कर्मचारी र बार एसोसिएसनका प्रतिनिधिहरू संलग्न छन्। सोमबार र मंगलबारको ‘जेनजी’ प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा भवनको संरचना र सामग्रीमा गम्भीर क्षति पुगेको थियो।
प्रशासनिक र कानुनी कामकाज प्रभावित हुन नदिन फाइलहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
भदौ २५, २०८२ बुधबार १३:५५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।