धावनमार्ग वरपर बाक्लो धुँवा भएकाले विमानस्थल बन्द छ, अनावश्यक रुपमा नआउनुहोला : प्राधिकरण

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द रहेका बेला यात्रुलाई अनावश्यक रुपमा विमानस्थल नआउन आग्रह गरेको छ।
विमानस्थल व्यवस्थापन कार्यालयका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश, असामान्य परिस्थिति र विमान उडान-अवतरण मार्गमा देखिएको बाक्लो धुँवाले सुरक्षामा गम्भीर असर पर्ने देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको हो।
साथै, विमानस्थल खुल्ने जानकारी पाएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर यात्रा योजनाबारे निश्चित गर्न सूचित गरिएको छ।
भदौ २५, २०८२ बुधबार १३:१८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।