आधारभूत सेवा प्रवाहका विषयमा मुख्यसचिवले सचिवहरूसँग गरे छलफल

काठमाडौं : मुख्यसचिव एकनारायण अर्यालले न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउन सचिवहरूसँग भर्चुअल बैठक गरेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वर्तमान असहज परिस्थितिमा जनताले पाउने आधारभूत सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो छलफल गरिएको जानकारी दिए।
बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले आफ्ना क्षेत्रका चुनौती र समाधानबारे मुख्यसचिवलाई अवगत गराएको मन्त्रालयले जनाएको छ।
भदौ २५, २०८२ बुधबार १३:०१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।