डिल्लीबजार कारागारमा कैदी भाग्ने प्रयास असफल, सेनाले स्थिति नियन्त्रणमा लियो

डिल्लीबजार कारागारमा कैदी भाग्ने प्रयास असफल, सेनाले स्थिति नियन्त्रणमा लियो

काठमाडौं : नेपाली सेनाले डिल्लीबजार कारागारबाट कैदीबन्दीहरूले गर्न खोजेको भाग्ने प्रयासलाई सफलतापूर्वक विफल पारेको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, कारागारमा तनाव उत्पन्न भएपछि सेनाले हस्तक्षेप गरी स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिएको हो।

यसअघि कारागारभित्र कैदीहरूले ढुंगामुढा र नाराबाजी गर्दै भाग्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो।

घटनाबारे नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने, ‘बन्दीहरू भाग्न खोजेका थिए। नेपाली सेनाले उनीहरूलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ।’

कारागारको आन्तरिक सुरक्षा अवस्था नियन्त्रण बाहिर जान लागेपछि सेनालाई परिचालन गरिएको थियो।

हाल कारागारको सुरक्षा व्यवस्था नेपाली सेनाले आफ्नो हातमा लिएको छ र स्थिति अहिले शान्त रहेको सेनाले जनाएको छ।

भदौ २५, २०८२ बुधबार १२:०९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।