उपप्रधानमन्त्री पौडेलमाथि आक्रमणको हल्ला निराधार, कुनै अप्रिय घटना नभएको सचिवालयको स्पष्टोक्ति

उपप्रधानमन्त्री पौडेलमाथि आक्रमणको हल्ला निराधार, कुनै अप्रिय घटना नभएको सचिवालयको स्पष्टोक्ति

काठमाडौं : ‘जेन-जी’ आन्दोलनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका समाचार तथा भिडियोहरू भ्रामक र निराधार भएको पाइएको छ।

मंगलबार, भदौ २४ गते सामाजिक सञ्जाल तथा भारतीय समाचार च्यालनमा उनीमाथि आक्रमण भएको भन्दै भिडियो प्रसारण भएको थियो।​​​​​​

अर्थमन्त्री पौडेलको सचिवालयले एक प्रेस नोट जारी गर्दै भनिएको छ, ‘२०८१ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन्। उहाँमाथि कुनै आक्रमण भएको छैन।’

उपप्रधानमन्त्री पौडेल पूर्ण रूपमा सुरक्षित रहेको र भ्रामक समाचारको पछि नलाग्न सचिवालयले सबैलाई आग्रह गरिएको छ।

भदौ २५, २०८२ बुधबार १२:०२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।