त्रिविका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक काम २७ गतेसम्म स्थगित, अस्पतालको सेवा भने निरन्तर

त्रिविका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक काम २७ गतेसम्म स्थगित, अस्पतालको सेवा भने निरन्तर

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले देशमा विद्यमान असहज परिस्थितिलाई कारण देखाउँदै आफ्ना सम्पूर्ण शैक्षिक तथा प्रशासनिक काम भदौ २७ गतेसम्मका लागि स्थगित गरेको छ।

विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बुधबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण शैक्षिक निकायहरूको पठनपाठन, परीक्षा लगायतका सबै शैक्षिक क्रियाकलापहरू स्थगित गरिएको जानकारी दिएको हो।

सूचनाअनुसार, प्रशासनिक कार्यहरू पनि रोकिएका छन्। यद्यपि, विश्वविद्यालय अन्तर्गत सञ्चालित अस्पतालहरूको सेवा भने यथावत् रहने स्पष्ट पारिएको छ।

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण शैक्षिक निकायहरूको शैक्षिक क्रियाकलापहरू एवं अस्पताल बाहेकका प्रशासनिक कार्य मिति २०८१ भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।

यो निर्णयसँगै विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरूमा अध्ययनरत लाखौं विद्यार्थीको पठनपाठन तथा अन्य प्रशासनिक कार्यहरू प्रभावित हुने भएका छन्।

भदौ २५, २०८२ बुधबार १०:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।