कपिलवस्तु कारागारबाट ४३५ कैदी फरार

कपिलवस्तु कारागारबाट ४३५ कैदी फरार

कपिलवस्तु : देशव्यापी ‘जेन-जी’ आन्दोलनको मौका छोपेर कपिलवस्तु जिल्ला कारागारबाट ४३५ जना कैदीबन्दी फरार भएका छन्।

भाग्नुअघि उनीहरूले कपिलवस्तु जिल्ला अदालतमा तोडफोड र आगजनीसमेत गरेका थिए।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले बुधबार बिहान करिब ७ बजे कैदीबन्दीहरू भागेको पुष्टि गरे।

उनका अनुसार, घटनालगत्तै फरार कैदीबन्दीहरूको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रजिअ तामाङका अनुसार, हालसम्म २५ जनालाई पुनः नियन्त्रणमा लिइसकिएको छ भने अन्यको खोजी कार्य तीव्र गतिमा भइरहेको छ।

प्रहरीले जिल्लाका मुख्य नाकाहरूमा सुरक्षा जाँच कडा पारेको छ र स्थानीय बासिन्दालाई शंकास्पद व्यक्ति देखिएमा तत्काल खबर गर्न आग्रह गरेको छ।

भदौ २५, २०८२ बुधबार १०:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।