बाँकेको बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु

बुटवल : गएराती बाँकेको बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ।
नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको हो भने झडपपमा परी २ जना घाइते भएका छन्।
सुधार गृहका अनुसार मृत्यु हुनेमा बाँकेका समीर थापा, दैलेखका भूपेन्द्र विष्ट, कैलालीका जगत देउवा, अक्षमका रमेश विष्ट र दाङका दिनेश घर्तीमगर रहेका छन्।
घाइते भएका दुई जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
भदौ २५, २०८२ बुधबार ०८:५७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।