सञ्जालमा झुल्किए एमाले महासचिव, भने- ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ’

सञ्जालमा झुल्किए एमाले महासचिव, भने- ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ’

काठमाडौं : ‘जेन-जी’ युवाहरूलाई सडकमा आउन बाध्य पारेको निवर्तमान सत्ताधारी दल एमालेका महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्।

हालको असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जालमा कवि नेत्रलाल अभागीको चर्चित कविता साझा गर्दै कठिन समयमा दृढ रहनुपर्ने बताएका छन्।

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ।

कवितांशपछि उनले थपेका छन्, ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ।’

यद्यपि एमाले लगायतका मुख्य राजनीतिक दललाई जेन-जी पुस्ताले रुचाएको छैन। पोखरेल निवर्तमान सत्ताधारी दल एमालेका महसचिव हुन्।

भदौ २५, २०८२ बुधबार ०८:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।