केन्द्रीय कारागारमा रहेका महिला कैदी मध्यरातमा बाहिर निस्किए

काठमाडौं : नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रदर्शनकारी दबाबमा बाहिर निस्किएपछि अधिकांश जेलमा रहेका कैदीहरू पनि जेलबाट बाहिर निस्किएका छन्।
रवि निस्किएको केही घण्टामा नख्खु जेल पुरै रित्तो भएको थियो। सञ्जय टकलासहितका गम्भीर अपराधमा दोषी ठहर भएका पनि निस्किए।
मध्यरात केन्द्रीय कारागारको महिला जेलमा रहेकाहरू पनि बाहिर निस्किर हिँडेका छन्। त्यसरी निस्किनेमा विदेशीहरू समेत छन्।
बेलुका १० बजेबाट सुरक्षामा सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएको थियो। सेना खटिइसकेको अवस्थामा पनि केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरू कसरी बाहिर निस्किएर भाग्न सफल भए खुल्न सकेको छैन।
कास्की, कर्णालीको जेलमा समेत प्रदर्शनकारीले आक्रमण गरेर त्यहाँ रहेका कैदी बन्दीलाई भगाएका थिए।
भदौ २५, २०८२ बुधबार ०२:३२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।