मंगलबार १२ बजेसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं : मंगलबारको हिंसात्मक प्रदर्शनपछि बुधवार दिउस १२ बजेसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ। विमानस्थले जारी गरेको सूचनामा सुरक्षाको कारण देखाउँदै २०८२ भदौ २५ मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द रहने उल्लेख छ। विमानस्थलको सूचनापछि अर्को सूचना जारी नभएसम्मका लागि सबै विमान कम्पनीहरूले आफ्नो उडान स्थगित गरेका छन्।
सोमबार नयाँ पुस्ताको आव्हानमा नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक भएसँगै सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसैको विरोधमा मंगलबार बिहानबाट सुरु भएको आन्दोलन दिउसबाट हिंसात्मक बनेको थियो।
भदौ २४, २०८२ मंगलबार २१:५७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।