लुटपाट र आगजनी रोक्न सेना बेलुका १० बजेबाट सडकमा

लुटपाट र आगजनी रोक्न सेना बेलुका १० बजेबाट सडकमा

काठमाडौं : नेपाली सेनाले विषय परिस्थितिको फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पूर्याएको भन्दै नियन्त्रणका लागि मंगलबार बेलुका १० बजेबाट खटिने बताएको छ।

सोमबारको घटनाको विरोधमा मंगलबार बिहानबाट प्रदर्शनमा उत्रिएका समूहले संसद् भवनदेखि सिंहदरबारसम्ममा आगजनी गरेका थिए। उनीहरूले विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा समेत तोडफोड, लुटपाट र आगजनी गरेका थिए।

मंगलबार बेलुका जारी भएको विज्ञप्तिमा सेनाले यस किसिमका गतिविधि नरोकिए सेना तथा सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न बेलुका १० बजेबाट दृढ रहने उल्लेख गरिएको छ।

विज्ञप्तीमा त्यसपछिको सुरक्षा स्थितीको मुल्यांकन गरेर थप सूचना जारी गर्ने उल्लेख गरिएको छ। सोमबारबाट शुरु भएको आन्दोलनकाक्रममा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन चर्किएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामापछि पनि आन्दोलन मत्थर हुनुको साटो थप हिंसात्मकहुँदै संसद भवन, सिंहदरबार, भाटभटेनी लगायत व्यापारिकहरुको कार्यालय, होटल, नेताको घरहरुमा आक्रमण गरेका थिए।

भदौ २४, २०८२ मंगलबार २१:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।