आन्दोलन स्थगित गरेर वार्तामा आउन आन्दोलनरत पक्षलाई प्रधानसेनापतिको आग्रह

काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्। मंगलबार हिंसात्मक आन्दोलन भएपछि बेलुका सम्बोधन गर्दै उनले आन्दोलनरत पक्षलाई वार्तामा आउन आव्हान गरेका हुन्।
सोमबारको आन्दोलनको आव्हान सामाजिक सञ्जालमा सक्रिय युवा समूहले गरेका थिए। मंगलबारको आन्दोलन स्वतःस्फूर्त रूपमा सुरु भएको थियो। आन्दोलन आव्हान गर्नेहरूको कुनै औपचारिक संगठन खुलेको छैन। जेनजीको नाममा विभिन्न विज्ञप्ति र अपिल जारी भए पनि यसको नेतृत्व अहिलेसम्म खुलेको छैन।
सम्बोधनमा प्रधानसेनापति सिग्देलले अशान्तिलाई सामान्यीकरण गर्दै ऐतिहासिक सम्पदा र नागरिकको सम्पत्तिको सुरक्षाको प्रत्याभूति दिई रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै उनले राष्ट्रलाई शान्तिपूर्ण समाधानका लागि आव्हान गरेका थिए।
भदौ २४, २०८२ मंगलबार २१:१५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।