कास्की कारागारमा रहेका पाँच सय कैदीबन्दी भागे

कास्की कारागारमा रहेका पाँच सय कैदीबन्दी भागे

पोखरा : कास्की कारागारबाट रहेका सबै कैदीबन्दी भागेका छन्। प्रदर्शनकारीहरुले कारागारको ढोका तोडेपछि सबै कैदीबन्दी भागेका हुन्। आन्दोलनकारीले पोखराका सरकारी कार्यालयहरू जलाउँदै कारागार पुगेर कैदीबन्दीलाई छोड्न माग राखेका थिए। 

पछि कारागारमा रहेका कैदीबन्दी र बाहिर रहेका प्रदर्शनकारी मिलेर कारागार तोडेपछि सबै भागेका थिए। कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी थिए। यता काठमाडौँको नख्खु कारागारमा रहेका सबै कैदीबन्दीहरु समेत निस्किँदा कारागार रित्तो भएको छ।

भदौ २४, २०८२ मंगलबार २१:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।