राजेश हमालले जेनजीलाई भने- राष्ट्रको सम्पदा र संरचना नेताको निजी सम्पत्ति होइन, आगो नलगाउँ

राजेश हमालले जेनजीलाई भने- राष्ट्रको सम्पदा र संरचना नेताको निजी सम्पत्ति होइन, आगो नलगाउँ

काठमाडौं : अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई संयमता अपनाउन आग्रह गरेका छन्।

सोमबार प्रहरीको गोली लागेर ज्यान गुमाएका प्रदर्शनकारीहरूको सम्झनामा जेनजीले आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुँदै हमालले सोमबारको घटनालाई “नेपाली इतिहासको सबैभन्दा कालो दिन” भनेका हुन्।

हमालले भने, “नेपालमा जेनजीले उठाएको कदमलाई हामी सबैले समर्थन गरेका छौं। तर, आन्दोलनमा उत्रिँदा राष्ट्रको सम्पदा र संरचनालाई क्षति पुर्याउनु हुन्न। ती नेताको निजी सम्पत्ति होइन, हाम्रो साझा सम्पदा हुन्। त्यसैले तिनको संरक्षण गर्नुपर्छ।”

उनले भोलि देशको नेतृत्व गर्ने अवसर नयाँ पुस्ताकै हातमा आउने भएकाले आज नष्ट गरिएका सम्पदाले भविष्यमा पनि असर पार्ने बताए। आक्रोश वर्षौंदेखि थिचिएको असन्तोषको परिणाम भएकाले अब नेपालीहरूले नै मिलेर नेपाल जोगाउनुपर्नेमा उनले जोड दिए।

भदौ २४, २०८२ मंगलबार १९:५५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।