रुकुम पश्चिम कारागारबाट ८६ जना कैदीबन्दीहरू ढोका फोडेर भागे

सुर्खेत : रुकुम पश्चिम कारागारबाट ८६ जना कैदीबन्दीहरू ढोका फोडेर भागेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक हरिबहादुर पुनले ढोका फोडेर ८६ जना कैदी बन्दीहरू भागेको जानकारी दिए।
'भागेको थाहा पाएपछि अधिकांशलाई नियन्त्रणमा लिएका छौं', उनले भने, '१ सय ५८ जनामा ७२ जना मात्रै बाँकी छन्। अरु सबै भागेका छन्।'
भदौ २४, २०८२ मंगलबार १९:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।