वार्तामा आउन जेनजीलाई राष्ट्रपति पौडेलको आह्वान

वार्तामा आउन जेनजीलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलन चर्किँदै गएको सन्दर्भमा सबै पक्षलाई संयमता अपनाएर वार्ता र संवादमा आउन आह्वान गरेका छन्।

लोकतन्त्रमा नागरिकले राखेका मागहरू संवादमार्फत समाधान गर्न सकिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, “आन्दोलनकारी प्रतिनिधिसहित सबै पक्ष वार्तामा बस्न तयार हुनुपर्छ।”

उनी अनुसार मुलुकको विषम अवस्थाको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षले सहयोग गर्न जरुरी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा लोकतन्त्र र जनताको हितका लागि समस्या समाधानतर्फ अघि बढ्न सबैलाई आग्रह गरिएको छ।

भदौ २४, २०८२ मंगलबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।