बालेनको अपील- देश तपाईंहरूकै हातमा छ, जति क्षति हुन्छ हाम्रै नै हुने हो, अब घर फर्कनुहोस्

बालेनको अपील- देश तपाईंहरूकै हातमा छ, जति क्षति हुन्छ हाम्रै नै हुने हो, अब घर फर्कनुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित भएर घर फर्किन आग्रह गरेका छन्। 'देश तपाइँहरूकै हातमा हो। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुहोस,' उनले भनेका छन्। 

महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु भएको आन्दोलन ‘जेनजी पुस्ता’को भएको स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरेका हुन्।   

“देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो, अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, तयार रहनुहोला”, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

भदौ २४, २०८२ मंगलबार १७:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।