प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो।

प्रदर्शनका क्रममा भएको मानव अधिकारको उल्लङ्घनको अनुसन्धानका लागि आयोगले आज आयोगका सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको जनाएको छ।

भदौ २४, २०८२ मंगलबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।