शान्तिपूर्ण समाधानका लागि संवादमा आउन 'जेनजी'लाई नेपाली सेनासहित सुरक्षा निकायको अपिल

काठमाडौं : जेनजी आन्दोलन चर्किँदै गएपछि नेपाली सेना, अन्य सुरक्षा निकायका प्रमुखहरू, मुख्य सचिव र गृहसचिवले राजनीतिक संवादमार्फत अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न सबैलाई अपिल गरेका छन्।
आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीहरूले संघीय संसद भवन, सिंहदरबार, पार्टी कार्यालय र नेताहरूका निवासमा आगजनी गरेका छन्।
यसबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् र उनको राजीनामा राष्ट्रपति द्वारा स्वीकृत पनि भइसकेको छ।
भदौ २४, २०८२ मंगलबार १६:४४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।