राज्यका तीनै अङ्ग प्रदर्शनकारीको कब्जामा

राज्यका तीनै अङ्ग प्रदर्शनकारीको कब्जामा

काठमाडौं : राज्यका तीनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ।

मंगलबार प्रदर्शनको क्रममा प्रदर्शनकारीले राज्यसत्ताका प्रमुख तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको तिनै अंगका कार्यालय नियन्त्रणमा लिएका हुन्।

मंगलबार प्रदर्शनकारीले सिंहदरबारस्थित कार्यपालिकाको केन्द्रीय मन्त्रालयहरूमा प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए।

त्यस्तै, प्रदर्शनकारीले दिउँसो बानेश्वरस्थित संसद् भवनमा आगजनी गरे भने सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन्।

भदौ २४, २०८२ मंगलबार १६:१०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।