प्रदर्शनकारीको हमलाबाट कांग्रेस सभापति देउवा र आरजु घाइते भए

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा घाइते भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। एक युवाले जोगाइरहेको र प्रदर्शनकारीहरूको आक्रमणबाट देउवा घाइते भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु देउवा समेत आक्रमणमा घाइते भएका छन्। दुबैजनालाई प्रदर्शनकारीहरुले गाली गर्दै गरेको देखिन्छ। देउवाको टाउको फुटेको देखिन्छ।
बुढानीलकण्ठमा सशस्त्र प्रहरीको घेरामा देउवा बस्दै आएका थिए। प्रदर्शनकारीहरूले उनीहरूको घरमा आगजनी समेत गरेका थिए।
भदौ २४, २०८२ मंगलबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।