नक्खु कारागार बाहिर निकालिए रवि, प्रशासनले लगायो परिवारको जिम्मा

नक्खु कारागार बाहिर निकालिए रवि, प्रशासनले लगायो परिवारको जिम्मा
अर्काइभ तस्बिर।

काठमाडौं : नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीहरू कारागार बाहिर जम्मा हुन थालेपछि प्रशासनले उनलाई परिवारको जिम्मामा छाडेको छ। प्रशासनले सुरक्षाको कारण देखाउँदै लामिछानेलाई उनको श्रीमती निकिता पौडेलको जिम्मा लगाएको हो।

सहकारी ठगीको आरोपमा रवि पुर्पक्षका लागि नक्खु कारागारमा थिए। नयाँ पुस्ताको आन्दोलनकारीहरूले भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काएपछि रविका समर्थकहरू उनलाई रिहा गराउन भन्दै नख्खु कारागार बाहिर भेला भएका थिए। सबैतिर तोडफोड र आगजनीको घटना बढेपछि गृह प्रशासनले उनलाई परिवारको जिम्मा लगाउने निर्णय गरेको हो।

 

भदौ २४, २०८२ मंगलबार १५:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।