प्रदर्शनकारीलाई संयमित हुन प्रधानसेनापतिदेखि मुख्य सचिवसम्मको आग्रह

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित ६ जनाले संयुक्त अपिल जारी गर्दै प्रदर्शनकारीहरूलाई संयमित हुन आग्रह गरेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको र थप जनधनको क्षति हुन नदिन तथा राजनीतिक संवादबाट शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेका छन्।
अपिल जारी गर्नेहरूमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृह सचिव गोकर्णमणि दवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा रहेका छन्।
भदौ २४, २०८२ मंगलबार १५:३३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।