राप्रपाका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूले राजीनामा दिँदै, व्यवस्थामाथि उठाए प्रश्न

काठमाडौं : संविधान र व्यवस्थाको औचित्य सकिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा र प्रदेश सभामा रहेका सांसदहरूले पदबाट राजीनामा दिने घोषणा गरेको छन्। राप्रपाले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको सबै सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको उल्लेख गरेको छ।
राजतन्त्र फर्काउन राप्रपाले पटक पटक आन्दोलनको प्रयास गरे पनि सफल भएको थिएन। मङ्गलवारै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सबै सांसदहरूले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेका थिए।
भदौ २४, २०८२ मंगलबार १४:५३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।